यह ब्लॉग खोजें

गजल

शनिवार, 24 अक्टूबर 2009

बिलासी पागल
मुर्झाएको झार झै नहुँ अलिकति पानी हाल्न आउ
हराएको पागल झै नहुँ मलाई चाडै सम्हाल्न आउ

अध्यारोमा पथ भुलेको यात्री झै भौतारिदैछु म
मार्गनिर्देश गर्न मलाई प्रेमको दियो बाल्न आउ

यही हो जुर्मुराउने बेला भन्छन सबै बुढापाकाहरुले
तिमीपनि हृदयमा प्रितका केही रहरहरु पाल्न आउ

साथमा हाँसो गर्दाखेरिको पलभर पनि कति प्यारो
यसरी नै ठटटा गर्दै सधैं बिलासीलाई दाल्न आउ

कल्पनामा मनका धेरैधेरै रहरहरु तुन्दै बस्छु म
मेरा ती सारा कल्पनालाई यथार्थमा ढाल्न आउ

सम्हाल्ने कोही पनि नभएर चर्किदैछ मेरो संसार
दावा गर्दै मेरै हौ भनी सब छिद्रहरु टाल्न आउ

सुनसरी हुन्छ भन्छन एकबार मिल्ने जवानी यो
बगरको पत्थर झै नहुँ कतै बेला छदै गाल्न आउ

डटी हिडने अठोट गर्दै बिघ्नबाधाहरुमा नि
दुईचार कदम सँगसंगै प्रीतिपथमा चाल्न आउ

प्रीतिपथमा यात्रा गर्दा दुश्मन हुनसक्छ दुनियाँ
साथमा बाँच्न नपाइएमा संगै ज्यान फाल्न आउ

फेदीखोला -९

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

  © Blogger template Brownium by Ourblogtemplates.com 2009

Back to TOP