यह ब्लॉग खोजें

सजीब बाटो

शनिवार, 2 जनवरी 2010

हेर पर बाट कोही आयो ,
आगो छ हातमा,तातो रगत छ छातीमा
उ हेर उ आउदै छ,उ यही नेताको घर तिर आउदैछ।
पुरानो लुगा फाटेको छ उसको,
गोडाहरु चलायमान छन,चप्पल बिना
तर पनी किन किन तेजस्पी लाग्छ उ,
उ यतै तिर आउदैछ,ल,ल आइनै पुगयो उ
सरासर उ भित्र पस्यो,नेताका चम्चाहरु उस लाई रोक्न थीए,
तर उ नीस्चित बाटोलाई पछाइरहयो,उस लाई प्रवाह छैन,
सजिब र नीर्जिब चिजको,
उ सिधा नेताको कोठामा पस्यो,पटुकामा सीउरेको सीरुपाते खुकुरी नीकाल्यो,
अनी नेताको गर्दनमा मार हान्यो,नेता दुइ टुक्रा भयो,
उसले म्रिदुल हासो हास्यो,उ को अनुहारमा झन बडी चमक आयो,
अनी उ करायो"नेपाल आमाको छातीको किला उखाले,
उ जुन बाटो आयो उही बाटो फर्क्यो,
म उठदा बिहानको सात बजी सकेछ,
छिटो छिटो कपडा लगाएर काम तिर लागे,
जिउको पसिना अहीले सम्म सुकेको थिएन,
हातमा रगतको टाटो थियो

Read more...

कठैबरा मेरो देश

ऊ पर कतै पहिरो गएको पाखो
आशाका जुइनो फुस्किएको त्यो पुल
अनि समयको उर्लदो भेल

साँझ कतै एक्लिएको बालकको क्रन्दन
अलपत्र भासिदै गइरहेको जवान स्पन्दन
अनि निराशाको बोझले थिचिएको अनुहार

टुकी वालेर धुम्धुमति बसेकी बूढीआमा
भविष्य खोज्न विदेशिएको हर्के
अनि सिरानी भिजाउने चिसो ओच्छयान

तराई,पहाड,हिमालले सजिएको ठाउँ
आफ्नै-सँग अल्झिएर भिरबाट लडेको शान्ति
अनि विचार नै विचारको कोलाहल

खेतालाको सम्पति जमिनदारको भागबन्डा
तमासा हेर्न तमासे
अनि एक्लै सुक्सुकाउँदै रोहिरहेको कठैबरा मेरो देश

Read more...

गजल

चोटहरु भुलाउनलाई,पिउनुको मजा कस्तो,
वेहोसी वेहोसी भइ,जिउनुको मजा कस्तो।

भित्रि मन च्यातीएर धुजा धुजा भए पनि,
अरुलाई देखाउन सिउनुको मजा कस्तो।।

उनको माया सुनै अरे मलाई के नै भाको छ र,
कहिले काहि फलाम भइ खिउनुको मजा कस्तो।।।

आसुले बगेका ति भित्री मनका टाटी हरु,
कहिले काहि आफ्नो भनि लिउनुको मजा कस्तो।।।।

Read more...

गजल

अलिकति मातहरु
नशालु ती रातहरु,

हरपलको सम्झना
अनि तिम्रा साथहरु।

तिमी मेरो म तिम्रो
अनि मायाका खातहरु,

कस्ता ती प्यासहरु
यौवनका दासहरु।

समर्पित ती दिनहरु
अनि मिठा यादहरु।

Read more...

  © Blogger template Brownium by Ourblogtemplates.com 2009

Back to TOP